लक्ष्मीमार्ग / सुन्दरहरैचा नगरपालिकाले यस वर्ष धान दिवस सुन्दरहरैचाको वडा नं ११ का किसानहरु सग मनाएको छ । सोमबार बिहान नगरप्रमुख उपप्रमुख र वडाध्यक्ष सहितको टोलीले सुन्दरहरैचा स्थित बेलेपुरमा रहेको विराट एग्रो फार्मका कृषकहरुसंग धान दिवस अर्थात असार १५ मनाएको छ ।
धान दिवसमा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकालले खेतमा आँफै हलो जोतेर धान दिवसको उद्घाटन गरेका थिए भने उपप्रमुख धनामाया तमाङले धानको बिउ रोपेर कार्यक्रम उद्घाटन गरेकी थिईन ।
मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।
कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।