भोजपुर । जिल्लाको अरुण गाउँपालिमा ३ खुकुम्बुमा कर्ण बहादुर कार्कीको घरमा आगलागी हुदा ३ बर्षिय वालिकको मृत्यु भएको छ । विद्युत सर्ट भइ आईतबार दिउसो भएको आगलागीमा परि कार्कीकी ३ बर्षिय नातिनी विष्णु माया कार्कीको मृत्यु भएको हो ।

आगलागी बाट घाईते भएकी बालिकाको प्राथमिक स्वास्थ्य चौकी प्याउलीमा उपचार हुन नसके पछि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरान लाने क्रममा वालिकाको अवस्था गम्भीर भए पछि जिल्ला अस्पताल धनकुटामा भर्ना गरिएको वालिकाकी हजुरवुवा कार्कीले बताए ।

घाईते बालिकाको उपचारकै क्रममा गयराती साडे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आगाले घरमा रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएत सामान जलेर नष्ट हुदा १७ लाख बराबरको क्षति भएको छ । आगो प्रहरी र स्थानीय वासीको सहयोगमा अढाइ घण्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।