बराहक्षेत्र ।  बराहक्षेत्रमा कोरोना भाइरस (कोभिड-१९) को थप एक संक्रमित भेटिएका छन् । काेराेनाकाे नयाँ संक्रमित भटिएसंगै बराहक्षेत्रमा संक्रमितको संख्या ९ पुगेको छ ।

आषाढ ८ गते पिसिआर जाचका लागि १५ जना धरान पठाएकाेमा एक जनाको पोजेटिभ देखिएको हो । बराहक्षेत्र नगर स्वास्थ शाखाका सह इन्चार्ज उमेश मेहताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आए संगै हाल सम्म ९ जनामा कोरोना पुष्टि भएको बताए ।

उक्त व्यक्ति बराहक्षेत्र वार्ड नम्बर ८ का २५ वर्षिया कटियार विहारबाट असार २ गते आएका हुन् । उनिहरु ६ जना एउटै रुममा बस्दै आएका मध्ये १ जनामा काेराेना पाेजेटिभ र अरुमा नेगेटिभ देखिएको हाे । अहिले महेन्द्र माविमा ३६ जना र बराहक्षेत्र ११, मधुवनमा १२ गरि जम्मा ४८ जना क्वारेन्टाइनमा राखिएको बराहक्षेत्र नगर स्वास्थ्य शाखाले जानकारी दिऐकाे छ ।