ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा नेपालमा ६२९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यस संगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ  । 

आज ११० महिला र ५१९ पुरूषमा संक्रमण पुष्टि भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् । 

पछिल्लाे २४ घण्टामा ११४ जना संक्रमित निकाे भइ डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या २३३६ जना पुगेकाे प्रवक्ता डा. गौतमले जनाएका छन् ।