धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई धरानको सुननसरी टेक्निकल कलेजले कोरोना परीक्षणमा प्रयोग गरिने भिटिएम सहयोग गरेको छ ।

प्रतिष्ठानलाई मंगलबार कलेजका निर्देशक लेखीराज सुब्बा र युवा नेता सन्तोष विकले २ सय थान भिटिएम सहयोग गरेको हो । प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई भिटिएम हस्तान्तरण गरे । भिटिएम अभावमा स्वाब संकलन कार्य नरोकियोस् भन्ने हेतुले सहयोग गरिएको कलेजका निर्देशक सुब्बाले बताए । नेपाली कांग्रेसका युवा नेता सन्तोष विकले प्रतिष्ठानमा कार्यरत चिकित्सकलाई एनके ९५ मास्क वितरण गरेका थिए ।