ब्लाष्टखबर ।  नेपालमा पछिल्लाे २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ  । 

आज ७६ जना काेराेना संक्रमित निकाे भइ डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज  हुनेहरूकाे संख्या २२२४ जना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.जोगेश्वर गौतमले जनाएका छन् ।

डा.गौतमका अनुसार दैलेख जिल्लाका १ संक्रमितकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । याे संगै नेपालमा मृत्यु हुनेकाे संख्या २४ पुगेकाे छ ।