धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १३ जना कोरोना संक्रमित कोरोना मुक्त बनेका छन् ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररतमध्ये १३ जना डिस्चार्ज भएका हुन् । १५ देखि ४१ वर्ष उमेर समूहका मोरङ र झापाका गरी १३ जना डिस्चार्ज भएको बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । हालसम्म बीपी प्रतिष्ठानबाट १२८ जना डिस्चार्ज भइसकेका छन् भने हाल ६३ जना उपचाररत रहेका छन् ।