लक्ष्मीमार्ग/मोरङको सुन्दरहरैचामा आज थप चार जनामा कोरोना पुष्टि भएको छ ।

क्वारेन्टाइनमा बसिरहेका चार जनामा कोरोना संक्रमण भेटिएको हो । चार जना मध्ये एक जना ५ वर्षका बालक , एक जना ७ वर्षकी बालिका, एक जना ३२ वर्षका पुरुष र एक जना ३६ वर्षकी महिला रहेकी छिन ।

सुन्दरहरैंचा नगरपालिकाको जनस्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतका अनुसार संक्रमित चारै जना एकै परिवारका व्यक्ती हुन । उनिहरु केही दिन अघि भारतबाट आएका थिए । उनिहरु सबै जना नगरपालिकाले सञ्चालन गरिरहेको क्वारेन्टाइनमा बसीरहेका थिए ।

बस्नेतका अनुसार संक्रमित सबै जना सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ का हुन् । उनीहरुको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको बताइएको छ ।

सुन्दरहरैचा नगरपालिकामा कोरोना संक्रमित हुनेको संख्या ७ पुगेको छ भने कोरोना निको हुनेको संख्या १ पुगेको छ ।