धरान / द राइजिङ क्लव धरान–८ ले आज रक्तदान कार्यक्रम कार्यक्रम गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको क्लवका अध्यक्ष धनबहादुर राईले जानकारी दिए ।

अस्पतालहरुमा रगत अभाव भए पछि रक्तदान गरिएको हो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा संचालित कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, नेकपा जिल्ला कमिटी सदस्य पदम लिम्बु, धरान नगर कमिटी अध्यक्ष नारायण सुवेदी, धरान–१८ का वडा अध्यक्ष नरेन्द्र राई(प्रविन), २ नं. वडाध्यक्ष माधवगोविन्द श्रेष्ठ, ८ नं. का कार्यवहाक अध्यक्ष रामबहादुर थापा, नेकपा धरान ८ नं. वडा इञ्चार्ज चेतना श्रेङलगायतको उपस्थितिरहेको थियो ।104452200_261108035152961_5651159977997443215_n