धरान । धरान उपमहानगरपालिका दलित विकास समितिले समुदायका ७५ वर्ष माथिका ५७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

धरान ८ सृजनामार्गस्थित परियार सेवा समाजको सभाहलमा ७५ वर्ष माथिका दलित नागरिकलाई हिजो सम्मान गरिएको समितिका सदस्य सचिव तारा लामगादेले जानकारी दिए । एक नम्बर प्रदेशकी सांसद उमिता विश्वकर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५७ जना जेष्ठ नागरिकहरुले सहभागिता जनाएका थिए ।

बुढेशकालमा अझ धेरै सम्मानका साथ बाच्नुपर्छ भनि मनोबल बढाउन र जेष्ठ नागरिकहरुको सम्मान गरी आत्मबल बृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सदस्य सचिव लामगादेले बताए ।
कार्यक्रममा दलित विकास समितिका सदस्य सकुन्तला तिखत्री, रामकुमार दास, खगेन्द्र नेपाली, डिल्लीराम शिवा, रामधारी बासफोर, लक्ष्मी लकान्द्री, चन्द्रमाया विश्वकर्मा र लिला शंकरलगायतको उपस्थिति रहेको थियो ।