धरान / नेपालमा संक्रमितहरुको तथ्याङ्क अनुसार ९५ प्रतिशत विदेशबाट आएकाहरुमा संक्रमण देखिएको पाइएको छ ।
त्यसमा पनि भारतबाट आउनेहरुमा संक्रमण देखिएको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस व्रिफिङमा डा। बाशुदेव पाण्डेले जानकारी दिएका छन् ।
भारतका विभिन्न स्थानमा कामको सिलसिलामा गएको र फर्केर आउदा संक्रमण लिएर आएको उनले बताएका छ । उनले कोरोना संक्रमण समुदाय स्तरमा नपुगेकोसमेत दावी गरे ।
उनले गम्भीर खालका विमारीहरु नेपालमा कम भएको समेत जानकारी दिए । आज संक्रमितको संख्या ४ सय २१ जना थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ ।

आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ । आज एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २३ पुगेको छ ।