श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार ७ गते आइतबार, २१ जुन २०२० । आषाढ कृष्ण औंसी तिथि ११ः५७ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मृगशिरा १३ः२५ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः१० र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सूर्य ग्रहण दर्शन गर्नाले सुखशान्ति मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा समस्या आइपर्न सक्छ । ग्रहण दर्शन नगर्नु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बन्न लागेको काममा विघ्न बाधा आइपर्न सक्छ । विश्वासपात्रबाट धोका मिल्ला । शरीर अस्वस्थ रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक सङ्कटको सामना गर्नुपर्ला । अनावश्यक काममा धन खर्च हुनेछ । आम्दानीका स्रोत बन्द हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । सोचेभन्दा राम्रो सफलता मिल्ला । धन आर्जनका नयाँ स्रोतहरू बन्द हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक सुख प्राप्त भइरहला । अतिथि सेवा, सत्कार गर्ने अवसर मिल्ला । सुखमय वातावरणमा दिन बित्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । सामाजिक कार्यक्रममा तपाईको आलोचना होला । अनावश्यक काममा फसिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चोटपटक तथा दुर्घटनाको भय होला । कष्टकर यात्रामा जान बाध्य भइएला । आफन्तबाट धोका होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय मध्यम्खालको छ । महिला मित्रबाट धोका होला । घरपरिवारबाट छुट्टिएर बस्नु पर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । सरकारी निकायबाट अनावश्यक झन्झट आइपर्न सक्छ । चिन्ताले निकै सताउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चोटपटक तथा दुर्घटनाको भय होला । हतियार वा सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु होला ।