धरान । आज (शुक्रबार) ४२६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४२६ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ हजार २७४ जना पुगेका छन् । देशभर ७४ जिल्ला कोरोनाबाट प्रभावित बनेको छ भने ३ वटा जिल्ला कोरोना मुक्त रहेको छ । हालसम्म देशभरबाट १ हजार ४०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

देशभर १ लाख ६१ जर ७४९ पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले गरेको अद्यावधिकमा उल्लेख छ । हालसम्म क्वारेन्टिनमा १ लाख ९ हजार ४६१ ज्ना छन् भने आइसोलेसनमा ६ हजार ८५० रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।