धरान/ धरान–६ निवासी जगदीस राई (गोरे) १० दिन भन्दाबढी घरैमा थलिएका थिए । उनलाई आर्थिक समस्या भएतापनि धरानको वीपी प्रतिष्ठानमा उपचार शुरु गरिएको छ ।

विरामीको घरको आर्थिक अवस्था पनि निकै कमजोर रहेकाले घरैमा थलिएका राईको उपचारको लागि ५ दिन अघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो भने थप उपचारको लागि हाल प्रतिष्ठानको सर्जरी विभाग ३ को वेड नम्बर ५ मा राखेर उपचार गरिदैंछ । प्रतिष्ठानको उपचार खर्चदेखि औषधी उपचार गर्नको लागि थप कठिनाई भएकाले थप सहयोग गरिदिनु हुन पनि विरामीको आफन्तले सहयोगी हातहरुलाई अनुरोध गरिएको छ ।

गोरेलाई धरानका समाजसेवी दिपक वनेपाली, प्रतिष्ठानका मानसिक रोग विभागका विशेषज्ञ डा. मधुर वस्नेत, प्रतिष्ठानकै न्यरो सर्जन विभाग प्रमुख डा. आलोक दाहाल, धरान–१८ का वडाध्यक्ष प्रवीन कुमार राई, अग्रज पत्रकार जनकक्रषि राई, पत्रकार देवन्द्र कार्की, फोटो पत्रकार महासंघ सुनसरी अध्यक्ष एवम् नेकपा धरान नगर सदस्य विकास चाम्लिङ राई, नेपाल पत्रकार महासंघ सुनसरी सदस्य धिरेन राई, गुम्बा फार्मेसीका सुवास गौतमलगायतको संयुतm पहलमा उपचार शुरु गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका राईको चिकित्सकले ब्रेन ट्यूमरको आशंका गरेका छन् । उनको टाउकोको अप्रेशन गर्नु पर्ने आवश्यकता भएको प्रतिष्ठानका न्यूरो सर्जन प्रमुख डा.आलोक दाहालले वताए । उनले भने,‘औषधी उपचार गर्दा सुधार हुँदै आएको छ, के हुन सक्छ, सिटी स्क्यान एवम् एमआरआई गरेर फाइनल उपचार गर्नु पर्ने देखिन्छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरी शंकर शाहलाई फोटो पत्रकार संघ सुनसरी अध्यक्ष विकास चाम्लिङ राईको नेतृत्वमा गएको टोलीले आर्थिक अवस्था विपन्न भएकाले उनको उपचारमा लाग्ने उपचार खर्च निःशुल्क गरिदिनको लागि अनुरोध गरेको छ । यस अघि पनि मानसिक रोग विभाग विशेषज्ञ डा. मधुर वस्नेतको सहयोगमा उपचार खर्च निःशुल्क गरिएको थियो ।

विरामी भई उपचाररत राईको ३ वर्ष अघि मात्रै वुवा नवीन राईको क्यान्सर लागेर निधन भएको छ भने आमा चन्द्रकला राईको पनि खुट्टाको नसामा समस्या भएका कारणले खुट्टा काटेर असतm छन् ।