पथरीशनिश्चरे/ मोरङको पथरी शनिश्चरेस्थित ‘कोरोना भाइरससम्बन्धी केस अनुसन्धान तथा कण्ट्रयाक्ट खोज पड्ताल टिम’ लाई नगरमा बढेको जोखिमलाई मध्यनगर गर्दै आवश्यकता अनुरूपको आफ्नो सक्रियता बढाउन निर्देशन गरिएको छ ।

पथरी नगर अस्पतालका जग्गादातामध्येका बाबुराम राईको अध्यक्षता तथा नगर प्रमुख दिलिपकुमार राईको आतिथ्यमा सम्पन्न अभिमुखीकरणले कोरोनाको सङ्क्रमण देखिएकाहरूको सम्पर्कमा आएकाहरूको कण्ट्रयाक्ट ट्रेसिङमार्फत् खोज पड्ताल कार्यका लागि सक्रियता अघि बढाउने निर्णय भएको छ ।

जसका लागि नगरका निजी स्वास्थ्य संस्थाकातर्फबाट स्वास्थ्यकर्मी महेन्द्र दुलाल र नगरपालिकाका स्वास्थ्यकर्मी जगतप्रसाद मगर संयोजक रहेको २ वटा खोज पड्ताल समिति गठन भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले कोरोनासहितका महामारी तथा प्रकोपजन्य रोगहरूको नियन्त्रणका लागि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सधैँ तयारी अवस्थामा रहनुपर्ने कुरामा जोड दिए ।

कोरोना भाइरससम्बन्धी केस अनुसन्धान तथा कण्ट्रयाक्ट खोज पड्ताल टिम र जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य संयोजक रहेको र्यापिड रेस्पोन्स टिमका पदाधिकारीसँगको अभिमुखीकरणमा खोज पड्तालको २ समिति र र्यारपिड रेस्पोन्स टिमबीचको सहकार्यमा अघि बढ्ने निर्णयसमेत भएको छ । पथरीशनिश्चरेमा पनि १ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।