धरान । पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्कमा ३८० जना थपिएको उल्लेख छ । मंगलबारसम्म कुल संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । त्यसमध्ये १९ जनाको मृत्यु भएको छ भने १ हजार १५८ जना संक्रमित निको भएका छन् ।