धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितमध्ये ७ जना कोरोना मुक्त बनेर घर फर्किएका छन् ।

बीपी प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सोमबार ७ जना कोरोना मुक्त बनेर घर फर्किएका हुन् । प्रतिष्ठानमा हालसम्म ११० जना कोरोना मुक्त बनेका छन् । अझै ४९ जना उपचाररत छन् ।

सोमबार मात्रै मोरङका २५ जना कोरोना संक्रमित थपिएका छन् । धरानमा तेस्रो चरणको लागि कोभिड अस्पताल पनि रहेको छ । जहाँ कोरोना लागेका संक्रमितको सल्यक्रियादेखि अन्य सिकिस्त प्रकृतिको बिरामीलाई उपचार गरिन्छ ।