धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड–१९ अस्पतालका लागि ग्लोवल आइएमइ बैंक शाखा धरानले व्यक्तिगत सुरक्षा सामाग्री(पीपीई) हस्तान्तरण गरेको छ ।

हिजो शाखा प्रमुख भूपाल घिमिरेले अस्पताल निर्देशक प्राडा गौरीशंकर साह र कोभिड–१९ अस्पताल इञ्चार्ज डा.कृष्ण पोखरेललाई हस्तान्तरण गरेका थिए । ६० प्याकेट सर्जिकल ग्लोभ, १७५ थान फेस सिल्ड र १८० थान सर्जिकल माक्स हस्तान्तरण गरिएको बैकले जनाएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामाग्री वितरण गरिएकोे शाखा प्रमुख घिमिरेले जानकारी दिए ।