धरान / पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस व्रिफिङमा संक्रमितको संख्या ६ हजार २ पुगेको जनाएका छन् ।
आज कोरोना संक्रमण हुनेहरूमा ३५ महिलासहित ४५१मा संक्रमण पुष्टी भएको हो । आजसम्म एक हजार ४१ जना निको भइसकेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या भने १९ रहेको छ ।