वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाको क्वारेन्टाइनमा रहेका ९२ जना मध्ये ६ जनामा कोरोना पोजेटिभ भेटिएको छ ।
उनीहरूलाई गरिएको पोलीमेरेज चेन रियक्सन (पीसीआर) जाँच रिर्पोटमा कोरोना पोजेटिभ देखिएको हो । आइतबारसम्म आएको रिर्पोटमा ४ जना चक्रघट्टी महेन्द्रनगरस्थित क्वारेन्टाइनमा रहेका र अन्य दुई जनामध्ये शसस्त्र प्रहरी जवान र अर्की बालिका रहेको वराहक्षेत्र नगरपालिका जनस्वास्थ्य प्रमुख उमेश मेहताले बताए ।
वराहक्षेत्र ५ का ३ जना, वार्ड नम्बर ८ का १ जना, अन्य दुईजना वार्ड नम्बर ७ को रहेका छन् । तेह्रथुममा कार्यरत शसस्त्र जवान र अर्की ७ वर्षीया बालिका रहेकी छन् ।
नगरपालिकाको प्रकाशपुर, भरौल, मधुवन र महेन्द्रनगरमा रहेको क्वारेन्टाइन सेन्टरमा गरि ९२ जना रहेका छन् । जसमध्ये प्रकाश माविमा ५८, जनता मावि मधुवनमा ११, भरौलको महेन्द्र माविमा १८ र महेन्द्रनगर माविमा ५ जना रहेको स्वास्थ्य प्रमुख मेहताले जानकारी दिए ।
यसै गरी चतरास्थित रामानन्दाचार्य सेवापीठमाको हेल्डिङ सेन्टरमा हाल ८ जना रहेका छन् । सेन्टरमा कुवेतबाट ४१ र ९२ गरी दुई पटक महिला ल्याइएको थियो । त्यसमध्ये ६५ जना झापा र अन्य जिल्लामा पठाइएको नेपाली सेनाको काली बक्स गण याङ्गशिलाका कर्णेल प्रशान्त बज्राचार्यले बताए ।