भद्रपुर / जिल्ला प्रहरी कार्यालय झापाले अवैध काठसहित एक जना चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाको आधारमा आइतबार विहान भद्रपुर नगरपालिका–३ स्थित ज्ञानेचोकबाट ४७.४४ क्यु फिट अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले भद्रपुर २ का २२ वर्षीय चालक प्रकाश विकलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

उनका अनुसार सिसौ जातको १८ थान टुना र मे १ त २७०४ नम्बर ट्याक्टर नियन्त्रण लिइएको बताए। अवैध काठ, ट्याक्टर र चालकलाई आवश्यक कारबाहीका लागि डिभीजन वन कार्यालय झापा बुझाइसकेको उनले बताए ।