- मदनबाबु प्रसाई
उर्लाबारी / भारतको सिमावर्ती क्षेसत्रँँगै जोडिएको मोरङको दक्षिणी क्षेत्रमा रहेको रतुवामाई नगरपालिकामा आइतबार एकै दिन २५ जना कोरोना संक्रमित थप भएका छन । यस अघि उक्त नगरपाालिकामा २२ जनाको रिर्पोट पोजेटिभ आएको थियो ।
भारतका विभीन्न स्थानमा रोजगारका लागि गई घर फर्किएकाहरुमा कोरोना र्भारसको संक्रमण देखिएको नगर प्रमुख रविन राईले बताए । केही दिन अघि भारतबाट आएका २५ जनालाई स्थानिय सरस्वती माबिको क्वारेनटाइनमा राखिएको थियो । क्वारेनर्टानमा उनीहरु सहित ५१ जनाको स्वाबको नमुना संकलन प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर परीक्षण पठाएको रिर्पोट मध्ये २५ जनाको पोजेटिभ आएको नगरका स्वास्थ्य शाखाका संयोजक संन्तोशकुमार साहाले बताए ।
जिल्लामै संक्रमितको संख्या बृद्धि भए पछि नगर प्रमुख राईले नगरका १० वटा बिद्यालयका क्वारेनटाईनमा रहेका ४ सय २२ जनाको पनि पिसिआर. परीक्षण गराउन स्वास्थ्य शाखालाई निर्देशन दिएका छन । नगरका ४७ जना कोरोना संक्रमित मध्ये २ जना उपचार पछि घर फर्किका र अन्यको कोभिड अस्पताल बिराटनगर, धरान र गोठगाउँका आइसोलेशनमा उपचार भइरहेको बताए ।
प्रदेश नं.–१ का सामाजिक बिकास मंन्त्री जीवन घिमिरेले भारतमा संक्रमित भइ रतुवामाई नगरपालिकाले स्थापना गरेका विभिन्न क्वारेनटाइनमा बसेकाहको पिसीआर परीक्षणका क्रममा संक्रमित फेला परको बताए । जिल्लामै सवै भन्दा बढी संक्रमीतको संख्या रतुवामाई नगरपालिकामा फेला परको उनले बताए ।
यता दक्षिणी क्षेत्रमा सिमा जोडीएको रतुवामाई नगरपालिकामा कोरोना संक्रमितको संख्या बढेपछि उर्लाबारी नगरपालिकाले पनि लकडाउनलाई थप व्यवस्थित गर्ने तयारी गर्दै छ ।