बिर्तामोड । झापा प्रहरीले कनकाई नगरपालिकाबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेल्दै गरेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले सोही स्थानका जुवाडेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीको बिषेश टोलीले कनकाई नगरपालिका–३ का बिष्णुप्रसाद उप्रेती, लिलु अग्रवाल, सुरज चुडाल, हरि खरेल, ओमप्रकाश चापागाईँ, कनकाई नगरपालिका–४ का मानबहादुर श्रेष्ठ र हरिबहादुर श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले जुवाको खालबाट गलैंचा, क्याण्डिड पाउडर, ७१ हजार १० रुपैंयाँ नगद र १६ थान कौडा बरामद गरेको जनाएको छ । कनकाई नगरपालिका–३ टप्पु टोलमा रहेको चेतन कुमार प्रसाईको घरमा लामो समयदेखि जुवा खेलाईने गरेको सुचना प्राप्त भएको इप्रका अनारमनीका डीएसपी मुकुन्द रिजालले बताए । पक्राउ परेकालाई सार्वजनिक हित। स्वास्थ्य सुरक्षा तथा नैतिकता बिरुद्धको कसुरमा मुद्दा चलाईने उनले बताइन् ।