• मिकाइल आलम
 
भण्टाबारी । विना कारण सशस्त्र प्रहरीले कृषकलाई कुटपिट गरेको भन्दै सीमावर्ती क्षेत्रका स्थानीय आक्रोशित भएका छन् । सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको ज्यादती बढेको गुनासो गर्दै सुनसरीका कृषकहरुले त्यस्ता आरोप लगाएका हुन । सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रको सीमामा बसोबास गर्ने स्थानीयहरुले आफूहरू कोरोना भाइरसको भन्दा पनि सशस्त्र प्रहरीको दमन र कुटपिटबाट पीडित बनेको स्थानीय रामेश्वर मेहताले गुनासो गरे ।
 
कोरोनाको कहर कारणले प्रभावित भन्दा सशस्त्र प्रहरीको नजगाराना असुली धन्दा, किसानलाई मकै उठाउन गरेको अवरोध र अनावश्यक कुटपिट तथा यातना दिने घटनाले त्रसित बनेको देवानगञ्ज गाउँपालिका ३ र ४ कप्तानगञ्जका गाउँलेहरुको गुनासो छ । सीमा नाकामा रहेका सशस्त्र प्रहरीले लकडाउनको मौकामा नेपाली नागरिकहरुलाई सीमामा आफैले उत्पादन गरेको मकैं भित्रियाउन अवरोध गरेको र उठाउने नाममा प्रति ट्याक्टर एक सय रुपियाँदेखी १५ सय रुपियाँसम्म नजराना उठाउने गरेको देवानगञ्ज गाउँपालिकाका स्थानीयहरुले गुनासो गरेका छन् । 
 
देवानगञ्ज गाउँपालिका ३ का ३६ वर्षिय अरविन्द कुमार यादवले आफूलाई सशस्त्र प्रहरी जवान कृष्ण भुजेलले विना कारण कुटेको गुनासो गरे । खेतमा मकैं उठाउन गएको बेला गत शुक्रबार नजराना नदिई मकै लान नपाउने भन्दै गालीगलौज गरेर कुटेको यादवको आरोप छ । 
 
यादवले सामान्य कृषकदेखि भारतीय नागरिकको मिलेमतोमा तस्करी बढेको विषयमा केही समय अगाडी कुरा उठाएको हुँदा आफू सशस्त्र प्रहरीबाट कुटिन पुगेको उनको आरोप छ । सशस्त्र प्रहरी जवानको कुटाईबाट यादवको हात र खुट्टामा निलडाम बसेको छ । स्थानीय क्लिनिकमा उपचार गराएको छ भने सुरक्षाको माग र दोषी माथि कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय देवानगञ्जमा उजुरी समेत गरेका छन् ।
यता सशस्त्र प्रहरी बल बिओपी कप्तानगंजका इन्स्पेक्टर पशुपती पुरीले सशस्त्र प्रहरीलाई अाराेप लगाएको  बताए । लकडाउनको समयमा सक्रमण फैलन सक्ने भएकाले भी८भा८ नियन्त्रणा गर्न प्रहरीले भूमीका निर्वाहा गर्दा अाराेप लागेकाे उनकाे भनाई छ ।