धरान  / देशभर पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमण हुँदा संक्रमितको संख्या ५३३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजकोो नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार थप संक्रमितमा पुरूष २४७ र महिला ३६ रहेको छ ।

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।

पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको उनल ेजानकारी दिए ।
यस्तै बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुवै टेस्ट पोजेटिभ आएको छ ।

सं १८ जनाको मृत्यु भएको छ भने ९१३ जना डिस्चार्ज भएका छन् । सङक्रमण देखिएर मृत्यु हुनेमा हालसम्म १८ जना पुगेका छन् ।