भण्टाबारी । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर ८ भण्टाबारीमा कारको ठक्करबाट एकबालकको मृत्यु भएको छ । शनिबार अन्दाजी १ बजेको समयमा बा १६ च १९३० नम्बरको कारको ठक्करबाट स्थानीय एक ७ बर्षिय बालकको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयवासीले केही सडक बन्द गर्दै नाराबाजी गरेका थिए । बालकको शवलाई पोस्टमार्टमको लागि इनरुवा लाने तयारी गरिएको छ् भने ठक्कर दिने कार र चालक स्थानीय प्रहरीको नियन्त्रणमा छ ।