उदयपुर । उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

उदयपुरगढी गाउँपालिका–७ बाघखोरमा स १ त ५१०७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही गाउँपालिका–६ का ९ वर्षीया विविषा पाण्डेको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो करिब ५ बजे अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ट्याक्टर चालक बिदुर पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक बालिका ट्याक्टर चालककै छोरी रहेको जिप्रकाले जनाएको छ ।