धरान । सुनसरी कोशी गाँउपालिका–३ की १६ वर्षीया अञ्जिता उराँवको लडेर मृत्यु भएको छ ।

बुधबार अपरान्ह ४ बजेतिर आफ्नै घरमा खाटमा बसेर टेलिभिजन हेर्दै गरेको अवस्थामा अचानक लड्दा बेहोस बनेकी थिइन् । उनलाई उपचारको लागि लैजाने क्रममा ५ः१५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाको विषयमा कानूनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।