धरान । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा एक युवालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनकोशी–४ का २६ वर्षीय युवराज राईलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो । मानेमञ्याङ गाउँपालिका–८ मा भरुवा बन्दुक लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । सुनकोशीको प्रहरी चौकी हर्कपुरबाट खटिएको टोलीले युवराजलाई पनि पक्राउ गरेको थियो ।

प्रहरीले घटनामा संलग्नलाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।