• गणेश कुमार ठाकुर

सिरहा /  धनुषा प्रहरी हिरासतभित्र सदाको संकास्पद मृत्यु,आत्महत्या वा हत्या के ? ।
धनुषाको सवैला नगरपालिका वडा १२ बर्कुरवाका  बर्ष २४ को शम्भु सदा मुसहर इलाका प्रहरी कार्यालय सवैलाको थुनुवा कक्षको शौचालयमा झुण्डिएको अवस्थामा भेटिए ।
उनको आत्महत्या वा हत्या बन्ने विषयमा बहस पनि शुरु भएको छ ।
घटनाको प्रकृति हेर्दा मृत सदाको मुखमा आफैले लगाएको भेस्ट,सर्टलाई प्रयोग गरि झुण्डिएको देखिएको छ । सर्टको केही भाग मुखमा कोचिएको अवस्थामा भेटिएको थियो ।
आफ्नो छोरालाईहत्या गरिएको भन्दै छानविन गर्न आमा स्यालीदेवि सदालेमाग गरेकीछन् ।

 इलाका प्रहरी माथि ढुङ्गामुढा प्रहार

pic (3)
समुदायले एक छोरा गुमाएको तथा प्रशासनले हत्या गरि झुन्ड्याइएको भनेर सिंगो मुसहर समुदायले नै इलाका प्रहरी कार्यालय सवैलामा आक्रमण गरेका छन् । उनीहरुले गरेको ढुंगामुढा प्रहार गरि झयाल तथा इलाका प्रहरी कार्यालय सवैलाको एक भ्यान र इलाका प्रहरी कार्यालय यदुकुहाको एक भ्यान र दुई गाडीलाई तोडफोड गरेका छन ।
भीड नियन्त्रण गर्न प्रहरीले ३ राउन्ड अश्रुग्यास प्रहार गरी तितरबितर बनाएको थियो ।

सदा किन हिरासत पुगेका थिए
गत बैशाख १२ गते सोमबार सवैला २ मा रहेको रोशनी कन्सट्रक्सनका संचालक संजय साहको ट्याक्टरको ड्राइभरको रुपमा काम गरि फर्किरहेको बेला सवैला नगरपालिका १२ मा अन्दाजी बर्ष ४० कि सुमित्रा साहलाई उक्त ट्र्याक्टरले ठक्कर दिएको थियो । सो घट्ना पछि सदा प्रहरीकोमाआफै पुगेका थिए ।
मंगलबार बिहान धनुषाधाम प्रहरीले चालक सदालाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सवैलालाई जिम्मा लगाएका थिए । त्यसपछी सदा बिगत १६ दिनदेखी प्रहरी हिरासतमै थिए ।
मंगलबार नै मुद्दा मिलाउन जनप्रतिनिधि, प्रशासन, ट्याक्टर संचालक र दुर्घटनामा ज्यान गुमाएकी उक्त महिलाको परिवारसहितले क्षतिपूर्ति बापत मृतकलाई ५ लाख र घाइतेलाई उपचार खर्चबापत ७० हजारमा समेत मुद्दा मिलेको थियो र बुधबार अदालत प्रक्रिया पूरा गरि ३ र ४ दिनमा मृत सदालाई रिहा गरिने निर्णय भएको थियो ।