वराहक्षेत्र/वराहक्षेत्र नगरपालिका–१ चतराघाटमा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा मिनी टिपरसहित चिरान गरेको सखुवाको काठ प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको गस्ती टोलीले चतराघाटमा शनिबार राति पौने १२ बजेतिर ६७.२८ क्यूफिट परिमाणमा काठ बरामद गरिएको छ । नगरपालिकाको बराहक्षेत्रबाट चतरातर्फ आउँदै को १ ख ६९७४ नम्बरको मिनी टिपर चेकजाँचको क्रममा बरामद गरेको हो । प्रहरीलाई देख्ने बित्तिकै टिपर चालक भने फरार भएको थियो ।
प्रहरीले काठ र सवारी साधनसहित काठ बिक्री गर्ने वराहक्षेत्र–६ का ३७ वर्षीय अनिल सुब्बा र काठ ओसारपसार गर्ने ध्रुवप्रसाद गुप्तालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चिरान गरेको विभिन्न मापको ६७.२८ क्यूफिट काठ बरामद गरेको हो । प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यलयलाई बुझाएको छ ।