सप्तरी । सप्तरी महादेवा गाउँपालिकामा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि निर्घात कुटपिट भएको छ ।

छिमेकीहरूले नै बोक्सीको आरोप लगाउँदै महादेवा–४ की ३५ वर्षीया महिलालाई कुटपिट गरेका हुन् । पीडितका पतिले स्थानीय प्रहरी चौकीमा निवेदन दिए पनि प्रहरीले  उजुरी लिन नमानेको आरोप लगाए ।

उनले छिमेकीहरूले आएर बोक्सीको आरोप लगाउँदै घरको चुल्हो पनि भत्काइदिएको बताए । स्थानीय दिमन प्रहरी चौकीमा उजुरी दिन गए पनि दर्ता नगरेपछि जिल्ला प्रहरी कार्यालय जाने तयारी गरिएको बताए । घटना आइतबार भएको हो । सोमबार उजुरी लिन नमानेपछि आज जिल्ला प्रहरी कार्यालय गएर निवेदन दिने बताए ।

उनले स्थानीय वडाध्यक्ष जुगेश्वर साहलाई पनि भेट्न गएका थिए तर मुद्दा सुनुवाइ नगरेको आरोप पीडितका पतिको छ ।