धरान । एम्बुलेन्सको ठक्करबाट सुनसरी बर्जु गाउँपालिकामा एक साइकल यात्रीको मृत्यु भएको छ ।

को २ च २८८२ नम्बरको एम्बुलेन्सले मोरङको बूढीगंगा गोकुला चोकमा साइकल यात्राी बर्जु गाउँपालिकाका–१४ का ४० वर्षीय मनोजकुमार माझीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते बनेका उनी उपचारको क्रममा विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको उपचारको क्रममा पौने ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक प्रेम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।