धरान / धरान–८ स्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि अहिले भर्खरै बा १० च ८०९६ नं. को कार दुर्घटनामा परेकोे छ । कार पोलमा ठोक्किएको स्थानीयले बताए । 

दुर्घटनामा मानवीय क्षति नभए पनि कारको अगाडीको भाग कुच्चिएको छ । इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दुर्घटना भएको खबर आएकाले टोली पठाएको बताए ।  

उक्त कार अरूण पेट्राेल पम्पका संचालक गाेपाल श्रेष्ठकाे भएकाे प्रहरीले जनाएकाे छ । कारलाई इलाका प्रहरी कार्यालयकाे भ्यानले तानेर इप्रका लगेकाे छ ।