धरान । धरानमा नयाँ डिएसपी सरुवा भएर आएका छन् । आज (शुक्रबार) डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत सरुवा भएर धरान आएका हुन् ।

यसअघि डिएसपी बस्नेत प्रहरी प्रधान कार्यालय कानून शाखा नक्साल काठमाडौंमा कार्यरत रहेका थिए । यहाँ कार्यरत रहेका डिएसपी ढुण्डीराज न्यौपाने १३ महिना ५ दिनपछि सरुवा भएर प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाडौं गएका छन् । डिएसपी न्यौपानेले नयाँ सरुवा भएर आएका डिएसपी बस्नेतलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

नयाँ डिएसपीलाई इन्स्पेक्टर हेमराज वलीसहित इप्रका मातहत रहेका १३ वटा चौकीका इञ्चार्जहरूले स्वागत गरेका छन् । इलाका प्रहरी कार्यालय मातहतमा १३ वटा प्रहरी चौकी रहेका छन् ।