लक्ष्मीमार्ग/मोरङको बेलबारी–१ स्थित लोहन्द्रा खोलाको बगरमा आज मानव कंकाल फेला परेको छ ।

भेटिएको मानव कंकाल केराबारी–९ का १५ वर्षीया सुरेन्द्र मगरको रहेको परिवारले दाबी गरेको छ । परिवारले सनाखत पनि गरेको छ । बगरमा भेटिएको मानव कंकाल पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । उनी जेठ ७ गतेदेखि हराइरहेका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार मानव कंकालको छेउमा निलो रंगको घुँडामा दुलो भएको जिन्स पेन्ट र भेष्ट भेटिएको छ । सोही आधारमा परिवारले कंकाल सुरेन्द्रको रहेको भन्दै सनाखत गरेका छन् । घटना हत्या भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय पोष्टमार्टम पछि पुष्टि हुने प्रहरीले जनाएको छ ।