भण्टाबारी । सुनसरीको हरिनगर गाउँपालीका क्षेत्रको क्वारेन्टाइनमा बसेका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुने १२ जना पुरुष रहेको र उनीहरूको सबै हरिनगर र भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रका व्यक्तिहरु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

हरिनगर गाउँपालीकाको भुटाहा जेनेरल हस्पिटलमा बसेका मध्ये स्वास्थ्यकर्मीको टोलिले केही दिनअघि १९ जनाको स्वाव परिक्षण गरेकोमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुने व्यक्तिहरु भारतको विभिन्न स्थानबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरूलाई थप उपचारको लागि पठाउने तयारी भएको बताइएको छ ।