धरान । भारतबाट आएका सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवकको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

योसँग नेपालमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । जेठ ७ गते नेपाल फर्किएका उनको पहिलो पटक आरडिटी गरिएको थियो । आरटिडीमा नेगेटिभ देखिएको थियो । नेगेटिभ देखिएपछि उनलाई स्थानीय तहले बनाएको क्वारेन्टिनमा राखिएको थियो । १४ दिनपछि पुनः आरडिटी टेष्ट गर्दा नेगेटिभ नै आएपछि होम क्वारेन्टिनको लागि फर्म फरेर घर जेठ २१ गते घर पठाइएको थियो ।

तर, घर गएको त्यहीँ रात उनको मृत्यु भएको हो । बिहीबार स्वाब संकलन गरेर पीसीआरका लागि टेष्ट गर्न पठाउँदा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको पशुपन्छी रोग अन्वेषण प्रयोगशाखा सुर्खेतमा पीसीआर परीक्षणका लागि पठाइएकोमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आरडिटी टेष्ट गर्दा दुई पटक नै नेगेटिभ आएकाले समस्या भएको बताए ।