धनकुटा । कोभिड अस्पताल विराटनगरबाट कोरोना मुक्त भएर आएकालाई बिहीबार साँझ धनकुटामा स्वागत गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाका सभापति हरि नाम्दुङले ७ जनालाई फूलको गुच्छा दिएर स्वागत गरे । सभापति राईले धनकुटाका संक्रमित साथीहरूलाई रेडक्रसको एम्बुलेन्समा राखेर पु¥याइएको र पुनः स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

पहिलो पटक धनकुटा जिल्ला अस्पतालमा कार्यरत ४ जना स्वनास्थ्यकर्मी, धनकुटामा कार्यरत संक्रमण पुष्टि भएका अन्य २ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार गरेर ७ जना डिस्चार्ज भएको धनकुटा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले बताए । धनकुटामा संक्रमण पुष्टि भएर डिस्चार्ज हुँने दुई जना सुनसरीका र एक जना सप्तरीका रहेका छन् । अब धनकुटामा बुधबार संक्रमण पुष्टि भएका सहिदभुमि गाउँपालिकाका २७ वर्षीया १ पुरुष मात्रै संक्रमित रहेका छन् ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत धनकुटाका ७ जनासहित अन्य २० जना कोरोना मुक्त भएका थिए ।