धरान । स्थानीय सरकारसँग अनुमति नलिई बाटोको भागसमेत मिचेर धरान १४ तीनधारेमा निर्माण गरिएको घर नगर प्रहरीले भत्काएको छ ।

केही समयअघिदेखि अटेर गरी रवि तामाङले घर निर्माण गरेपछि आज बिहान गएर प्रहरीले भत्काई दिएको हो । त्यसक्रममा धरधनी र प्रहरीबीच सामान्य विवादसमेत भएको छ । नगर प्रहरीले तीन दिन अगावै गएर घर नबनाउन निर्देशन दिएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए ।

अटेर गरेर बनाइरहेका कारण आज बिहान गएर भत्काइदिएको उनले बताए । धरान उपमहानगरपालिका र सम्बन्धित वडासँग अनुमति नलिई बाटोको भागसमेत मिचेर घर निर्माण गरेका थिए । ‘पहिलो कुरा त अनुमति लिएको थिएन, दोस्रो कुरा बाटोमा सटाएर बनाएको थियो’ उनले भने ।

रविको घरसमेत रहेको छ तर, परिवार छुट्टिएका कारण बाटो मिचेर भान्साघर निर्माण गरिएको छ । स्थानीय सरकारसँग अनुमतिसँगै नक्सा पाससमेत नगरी अाफूखुसी बनाएकाे पाइएपछि भत्काइएकाे हाे ।