धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वेडमा रहेका २१ जना संक्रमितहरु घर फर्केका छन् । केही दिन अगाडी १८ जना र आज ३ जना निको भएर घर फर्केको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिए ।

१५ दैखि ४५ बर्षका तीन जना झापाका विमारी घर फर्केका हुन । यस अघि झापाका १७ र एकजना धरानकी महिलालाई घर पठाइएको थियो । उनीहरुको दुई पटक पिसिआर परीक्षण गर्दा नेगेटिभ आए पछि घर पठाइएको हो ।
हाल प्रतिष्ठानमा अझै ९० जना रहेका छन् ।