भण्टाबारी । सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका वार्ड नम्बर ८ स्थित रहेको क्वारेन्टाइनमा बसेका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । भोक्रा नरसिंह गाउँपालिका वार्ड नम्बर ८ स्थित रहेको मदरसामा संचालनमा ल्याइएको होल्डिङ सेन्टरमा बसेका थप दुईजना पुरूषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा एकजना मोरङका व्यक्ति हुन भने अर्का व्यक्ति ताप्लेजुङका व्यक्ति रहेकोे बताइएको छ । भारतबाट आएका उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएकोमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेन्टरमा बसेका सातजना व्यक्तिमा बुधबार कोरोना संक्रमण पोजेटिभ पाइएको थियो । सो सेन्टरमा १०२ जना बसेमा ७८ जनाको परीक्षण गर्दा दुईजना बाहेक अन्य सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रहरीले जनाएको छ ।