धरान । आज ३३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ३३४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले ३३४ जना थपिएसँगै कुल संख्या २ हजार ६३४ पुगेको जनाए । हालसम्म २९० जना डिस्चार्ज भएका छन् ।