• बसन्त लिम्बू

ताप्लेजुङ /  डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृतद्धय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक–एक लाख रुपैयाँ घूससहित पक्राउ गरेको हो ।

उनीहरुले सेतक चिनी छोडपूर्जी बनाए बापत सेवाग्राहीसँग पटक÷पटक घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो । सोही सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक÷एक लाख घूस लिँदैगर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीका प्रमुख चक्र बहादुर बुढाले जानकारी दिए ।

‘हाम्रो टोलीले घुस सहित बेलुका दुई सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएर ईटहरी ल्याउँदै छ ।’ उनले भने ‘नियन्त्रणमा लिएका दुवैजनालाई थप अनुशन्धानका लागि काठमाण्डौँ पठाउँछौँ ।’ सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमै रकम लेनदेन भएको बताइएको छ ।