धरान । श्रीमतीसँग सामान्य विवादपछि आफ्नै घाँटी रेटेर घाइते बनेका धरान–१६ का भूवन दाहाल अस्पतालबाट मंगलबार डिस्चार्ज भएका छन् ।

सोमबार राति श्रीमतीको कचकच खप्न नसकेर दाह्री काट्न प्रयोग गरिने ब्लेडले आफ्नै घाँटी रेटेर घाइते बनेका थिए । घाइते बनेका उनलाई राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागि लगिएको थियो । उपचारपछि उनी मंगलबार डिस्चार्ज भएको प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ ।

दैनिक अबेर गरेर राति आउने कारण श्रीमतीले शंकाउपशंका गर्ने गरेकी थिइन् । सोही कारण श्रीमतीले भूवनलाई दैनिक कचकच गर्ने गरेका थिइन् । हिजो राति पनि कचकच गरेपछि ब्लेडले आफ्नै घाँटी रेटेका थिए । नेपालको कानूनमा आत्महत्याको प्रयास गरे पनि सजाय हुने व्यवस्था छ तर, कानून कार्यान्वयन शून्य छ ।