मोरङ । बाल यौन दुरूपयाेग गरेकाे आराेपमा प्रहरीले हिमाल डेन्टल क्लिनिक मिक्लाजुङका संचालकलाई पक्राउ गरेको छ ।

मिक्लाजुङ–३ की १३ वर्षीय बालिकालाई दाँतको एक्सरे गर्ने बाहनामा सर्लाही ईश्वरपुर–३ स्थायी ठेगाना भई मोरङको मिक्लाजुङमा क्लिनिक संचालन गर्दै आएका संचालक बिजयकुमार महतोलाई पक्राउ गरिएकाे हाे । बाल यौन दुरूपयोग मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर सुवास राईले बताए ।

पीडित बालिकाका अभिभावकले क्लिनिक संचालक महत्तोले बालिकालाई यौन दुरूपयोगको प्रयास गरेकोले कारबाहीको लागि प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकाे प्रहरीले जनाएको छ ।

केलाई बाल याैन दुरूपयाेग मान्ने ? 

मुलुकी अपराध संहिता २०७४ काे परिच्छेद १८ काे दफा २२५ काे उपदफा २ मा 'कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नाे अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको मानिनेछ' भनेर उल्लेख गरिएकाे छ । 

कती हुन्छ सजाय ? 

साेही दफाकाे उपदफा ३ अनुसार त्यस्ता कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने प्रावधान छ।