काठमाडौं  / काडमाडौंका ठूला व्यापारीहरु जुवा खेल्दैं गरेकोअवस्थामा पक्राउ परेका छन् । लकडाउनको मौकामा जुवा खेलिरहेका उच्च व्यापारिक घरानाका व्यक्तिहरु काठमाडौंबाट पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा व्यवसायी रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाई रहेका छन् । उनीहरुलाई आज राती होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार निक्की होटल संचालक हुन् । रामचन्द्र सांघाइ ग्रुपका एमडी र अशोक विशाल ग्रुपका एमडी भएकोजनाएको छ ।

उनीहरुको साथबाट २ लाख ७७ हजार नगद र केही क्वाइनहरु बरामद भएको छ । क्वाइन र चिप्सहरु प्रयोग गरेर उनीहरु क्यासिनो शैलीमा जुवा खेलेको बताइएको छ ।