संखुवासभा / संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका ५ मा टयाक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । मजदुरी गर्ने चैनपुर ५ की २१ बर्षीया पेम्बा ल्हामू शेर्पाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले जानकारी दिए ।

सोमबार चैनपुर– ५ स्थित सिद्धपोखरी सडक खण्डमा चैनपुरतर्फ आउदै गरेको को २ त ५३०८ नम्बरको ट्याक्टरको पछाडि डालामा बसेकी उनी डालाबाट खसेर घाइते भएकी थिइन् गम्भिर घाईते भएकी उनलाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर तर्फ ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शब पोष्ट मार्टम गरि परिवारलाई जिम्मा लगाइएको छ ।

बज्र गुरु कन्ट्रक्सन अन्तर्गत मजदुरी गर्ने उनी काममा जाने क्रममा डालीबाट खेसेकी थिइन् । उनि सवार ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।