धरान  / भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुने मुलुकको टप ७ मा पुगेको छ ।
आजको सरकारी रेर्कड अनुसार संक्रमित हुने संख्या एक लाख ९० हजार ९ सय पुगेको छ । भारत सातौं स्थानमा छ ।सबै भन्दा धेरै अमेरीकामा १८ लाख ३७ हजार भन्दा बढिसंक्रमित छन् । त्यस पछि ब्राजिमा ५ लाख १४ हजार भन्दा बढि संक्रमित छन् । । रसियामा ४ लाख १४ हजार संक्रमित छन् । स्पेनमा २ लाख ८६ हजार बढि संक्रमित छन् । युकेमा २ लाख ७४ हजार र इटालीमा २ लाख २३ हजार संक्रमित छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्र भारतमा आठ हजार तीन सय ९२ नयाँ संक्रमित थपिएका हुन् । भारतमा एकैदिन थपिएका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

त्यस्तै, अहिलेसम्म भारतमा कोरोना भाइरसबाट पाँच हजार तीन सय ९४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई सय ३० जनाको मृत्यु भएको हो ।

सबैभन्दा बढि अमेरिकामा संक्रमणबाट मृत्यु भएको छ । १ लाख ६ हजार भन्दा बढिको मृत्यु भएको छ । शुरुमा सबै भन्दा बढि मानिसको मृत्यु भएको इटालीमा मृत्यु संख्या न्यून छ । इटालीमा ३३ हजार ४१५ जनाको मृत्यु भएको छ ।