धरान । अग्रज कलाकार जयनन्द चन्द ठकुरीको आइतबार बिहान निधन भएको छ ।

८० वर्षको उमेरमा चन्दको आफ्नै निवास ललितपुरको बागडोलमा निधन भएको हो । उनी निधन भएकोबारे कलाकार दीपाश्री निरौलाले फेसबुकमार्फत् जानकारी दिएका छन् । उनको पशुपतिस्थित विद्युतीय शवदाय गृहमा अन्त्येष्टि गरिएको छ ।  उनी लामो समयदेखि प्यारालाइसिसका कारण घरमै थलिएका थिए ।

जीवन रेखा नामक फिल्मबाट अभियनमा डेब्यु गरेका उनले थुप्रै फिल्ममा अभिनय गरेका छन् । विभिन्न टेलिसिरियल तथा म्युजिक भिडियोसमेत देखिएका उनको विश्वास, भाग्यरेखा, फेरि भेटौला, मायालु जस्ता फिल्म चर्चामा रहेका थिए । एक श्रीमतीसहित एक छोरी छन् ।